• बिगत केही वर्षहरु देखि कृत्रिम जलाशयमा मत्स्यपालन कार्यक्रम तिब्ररुपमा बृद्धि हुदै गएको लुम्विनी प्रदेशमा अवस्थित यस मत्स्य विकास केन्द्रको कार्यक्षेत्र मुख्य रुपमा लुम्विनी प्रदेशका 12 जिल्लाहरु रहेको छ। यस केन्द्रले मत्स्यपानलमा संलग्न कृषकहरुलाई विभिन्न जातका मत्स्य विजहरु (ह्याचलिङ्ग,फ्राई तथा फिंगरलिङ) उत्पादन गरी वितरण गर्ने,तालिमसंचालन गरी प्राविधिक सेवाटेवा प्रदान गर्ने,समय-समयमा अनुगमन गर्नुका साथै निजी स्तरका नर्सरीकर्ताहरुलाई समेत प्राविधिक सेवाटेवा पुर्याउंदै आएकोछ। विगत केहिवर्ष देखि पहाडी जिल्लाहरुमा समेत मत्स्यपालनको प्रचुर सम्भावना तथा प्राणी प्रोटिनको सहज उपलब्ध हुने गरि माछापालनको क्षेत्रविस्तार हुदै गएको र ती क्षेत्रहरुमा समेत प्राविधिक सेवाटेवा र मत्स्य विजको आपूर्तिको जिम्मेवारी पनि यसै मत्स्य विकास केन्द्रको रहेकोले यस प्रदेश  अन्तर्गतकामुख्य गरि दाङ्ग,बाँके, बर्दिया,प्यूठान र रोल्पा जिल्लाका मत्स्यपालनमा संलग्न कृषकहरुलाई समेत मत्स्य विज उपलब्ध गराउदै आएको छ। यस वाहेक यहांबाट उत्पादित मत्स्य विजसल्यान,जाजरकोट,सुर्खेत र कैलालीजिल्लाहरुमा समेत गईरहेको छ ।

    २.५ शाखागत कार्य विवरण

    २.५॰१ केन्द्र प्रमुख (वरिष्ठ मत्स्य विकास अधिकृत)

    v  केन्द्र प्रमुखको हैसियतले सम्पूर्ण आर्थिक, प्रशासनिक तथा प्राविधिक कार्यहरु संचालन अनुगमन गर्ने ।

    v  वार्षिक कार्यक्रम तयार गर्ने/गराउने/पेश गर्ने र स्वीकृत कार्यक्रमहरु संचालन गर्ने ।

    v  विभिन्न निकाय संग समन्वय गरी गुणस्तरीय सेवा प्रदान गर्ने ।

    v  केन्द्रको सम्पूर्णफाँट/शाखाको कार्यक्रमहरु संचालन गर्नलाई आवश्यक सहयोग र समन्वय गर्ने।

    v  समय-समयमा थप गरिएका कार्यक्रम/जिम्मेवारीहरु पुरा गर्ने ।

    v  राजश्व/वेरुजु/जिन्सीहरुको कार्य व्यवस्थित गर्न लगाउने ।

    २.५॰२ प्राविधिक शाखा

    यस केन्द्रको कार्यक्रम र जनशक्ति अनुसार 1 वटा प्राविधिक शाखा रहेको छ। माउ व्यवस्थापन, मत्स्य विज उत्पादन तथा वितरण कार्य प्रविधिक फाँटमा मत्स्य विकास अधिकृत (रा.प.तृ.प्रा.) दुइ जना, दुइ जना प्राविधिक सहायक (रा.प.अनं.प्र.प्रा.)र एक जना नायव प्राविधिक सहायक (रा.प.अनं.द्धि.प्रा.)स्तरको कर्मचारीको दरवन्दी रहेको छ। प्राविधिक फाँटको कार्य विवरणहरु यस प्रकार छ।

    v  आफ्नो कार्य क्षेत्रलाई चाहिने मत्स्य विजको अनुमान गर्ने र निजी स्तरबाट आपूर्ति भईरहेको मत्स्य विजको अनुमान गर्ने र निजी स्तरबाट आपूर्ति भईरहेको मत्स्य विजको पनि तथ्याङ्कलाई विश्लेषण गरी मत्स्य विजको आवश्यकता पहिचान गर्ने।

    v  आवश्यक मत्स्य विजलाई चाहिने माउ तथा नर्सरी पोखरीको व्यवस्थापनको लागि चाहिने आवश्यक उत्पादन तथा अन्य सामाग्री सहित कार्यक्रम प्रस्ताव गर्ने।

    v  उपलव्ध श्रोत साधन वजेट र स्वीकृत कार्यक्रम अनुसार स्वस्थ गुणस्तरीय मत्स्य विज उत्पादन गरि कार्यक्षेत्र अन्य क्षेत्रमा समेतसहज रूपमा विक्री वितरण गर्ने।

    v  नियमित रुपमा माउ व्यवस्थापन गर्ने।

    v  मत्स्य प्रजनन तथा अन्य सम्पूर्ण कार्यको व्यवस्थित अभिलेख राख्ने र प्रगति प्रतिवेदनको लागी उपलव्ध गराउने।

    v  अन्य फाँट शाखा संग समन्वय गरी तोकिएको जिम्मेवारी पुरा गर्ने।

    २.५॰३ लेखा फाँट

    v  सम्पूर्ण फाँट संग समन्वय गरी चालु र पूँजिगत खर्चको अनुमान गरी कार्यक्रम तर्जुमातयार एंव सहयोग गर्ने।

    v  दैनिक कार्य संचालनको लागि चाहिने आर्थिक कारोबार गर्ने र सोको विवरण अध्यावधिक राख्ने।

    v  ठेक्का पट्टाको कार्य संचालन गर्ने।

    v  बेरुजु फछर्यौट सम्बन्धी कार्यहरु गर्ने।

    v  लेखा परिक्षण सम्बन्धी कार्यहरु गर्ने।

    v  राजश्व सम्बन्धी कार्यहरु अध्यावधिक राख्ने।

    v  लेखाफाँट संग सम्बन्धित थप भएका कार्यहरु गर्ने।

    २.५॰४ प्रशासन/जिन्सी शाखा

    v  दैनिक प्रशासनिक कार्य गर्ने ।

    v  कर्मचारीको विवरणहरु अध्यावधिक राख्ने।

    v  केन्द्रको भौतिक सुरक्षा सम्बन्धी कार्य गर्ने।

    v  जिन्सी फाँटले जिन्सी रजिष्टरहरु व्यवस्थित राख्ने।

    v  कार्यालयलाई चाहिने सामाग्रीहरुको खरिद प्रचलित ऐन नियम अनुसार गर्ने।

    v  दैनिक कार्य संचालनको लागि चाहिने सामाग्रीहरु सबै फाँटलाई उपलव्ध गराउने।

    v  यस केन्द्रमा रहेका सम्पूर्ण चल अचल सम्पत्तिहरुको रेकर्ड राख्ने र व्यवस्थित रुपमा सदुपयोग गर्ने।

    v  समय-समयमा माँग भएको विवरण/थप जिम्मेवारी पुरा गर्ने।

    यस केन्द्रका सम्पुर्ण फाँट/शाखा र कर्मचारीहरुले समन्वयात्मक रुपमा दैनिक कार्य संचालन गर्ने र समय समयमा थप भएका जिम्मेवारीहरु पनि समयमै पुरा गर्ने।