मत्स्य विकास केन्द्र सम्मशेरगंजको स्थापना आ.व. २०५७/०५८ मा  भएको थियो । हाल यो राप्तीसोनारी गाउँ पालिका वडा नं. ८ सम्शेरगंजमा अवस्थित रहेको छ । यो केन्द्र लुम्बिनी प्रदेश अन्तर्गतको एक मात्र सरकारी श्रोत केन्द्रको रुपमा रहेकोछ ।  केन्द्रको कुल क्षेत्रफल ३.५९ हेक्टर तथा पोखरी संख्या  २३ वटा रहेको छ । तापक्रमः अधिकतम ४२.६ न्यूनतम ४ डि.से. तथा वार्षिक वर्षा १३९१ से. मी. हुने गर्छ ।

 

उदेश्य

  • गुणस्तरिय मत्स्य बीज उपलब्धतामा जोड दिई उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने ।
  • प्रविधि परिमार्जन तथा प्रसारमा जोडदिने । 
  • जनचेतना अभिवृद्धि तथा तालिम प्रदान गर्ने ।
  • प्रदेशस्तरको श्रोत केन्द्रको रुपमा कार्य संचालन गर्ने ।
  • कार्यक्रम संचालन गर्न स्थानिय, प्रदेश तथा केन्द्रियस्तरमा समन्वय गर्ने ।
  • प्रभाव क्षेत्रका जिल्लाहरुमा नीजिस्तरका मत्स्य ह्याचरी तथा नर्सरीहरुको अनुगमन तथा रेकर्ड अध्यावधिक गर्ने ।
  • प्रदेश मत्स्य प्रयोगशालाको रुपमा कार्य गर्ने ।
  •  

योजना

  • माछा एउटा सजिलो एंव सुपाच्य प्राणि प्रोटिन हो ।
  • बढी आम्दानी हुने, सजिलो तथा कम जनशक्ति लाग्ने ।
  • माछामा पार्इने ‌ओमेगा-३ फ्याटी एसिडले उच्च रक्तचापवाट बचाउँछ ।
  • रक्तनली सफा राखि कोलेस्ट्रोलको मात्रा घटाउँछ।
  • डिप्रेशन, मधुमेह, दम तथा बुढेशकालमा बिर्सिने रोगबाट बचाउँछ ।
  • आँखाको ज्योती बढाउँछ ।